मनोरञ्जन

भूवन केसीको मानहानीमा १० करोड क्षतिपूर्ति माग गर्दै साम्राज्ञीका बिरुद्ध अदालतमा मुद्धा

९ साउन, काठमाडौं । बरिष्ठ अभिनेता भूवन केसीले अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहबिरुद्ध १० करोड क्षतिपूर्ति माग दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेका छन् ।

आज दर्ता गरिएको मुद्धाले मानहानी भएको दाबी गरिएको छ । सामाजीक सञ्जालमा अभिनेता केसीले आफूलाई दुब्र्यबहार गरेको आरोप लगाउँदै आएकी साम्राज्ञी राज्य लक्ष्मी शाहले लगाएपछि गाली बेईज्जती मुद्धाको सजाय माग दाबी गरिएको छ ।

मि-२ अभियानको समेत रुप दिईएको साम्राज्ञी खुलासाका बिरुद्धमा अभिनेता केसी आफैं पीडित भएको भन्दै निबेदन दिएको देखिन्छ । साम्राज्ञीले कस्तो भूमिका खेल्छिन् त्यो हेर्न बाँकी नै छ तर भूवन र साम्राज्ञीको बिबादले नयाँ मोड लिएको छ ।

असार १२ गते साम्राज्ञीले भूवनले आफुलाई दुव्र्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा सार्बजनिक गरेपछि शुरु भएको दुई कलाकारको विवादमा दुबै पक्षमा कलाकार तथा सर्बसाधारणका टिकाटिप्पणीहरु आएका छन् । मुद्धा दर्ता भएको कुरा काठमाडौं जिल्ला अदालत मुद्धा साखाका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले पुष्टी गरेका छन् ।