सामाजिक सञ्जाल

गगनको आक्रोसः ‪महिलाले सिन्दूर पोते नलगाउँदा पुरुष झुक्किने डर!

९ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता गगन थापाले महिला र पुरुषबिचको बिभेद हटाउनुपर्ने विचार ब्यक्त गरेको छन् । उनले महिलाको गीतबाट धर्म मासिने डर!, ‪महिलाको पहिरनबाट सामाजिक मर्यादा भत्कने डर! महिलाले सिन्दूर पोते नलगाउँदा पुरुष झुक्किने डर!, महिलाको गीतबाट धर्म मासिने डर! भन्ने समाजका छलफलहरु ‘डर’ सामाजिक रोग भएको बताउँदै त्यस्ता कुरीतिहरु हटाउनुपर्ने सामाजिक सञ्जालमार्फत उनले बताएका छन् । नेता थापाले भनेका छन्, ‘‪समस्या गीत वा पहिरनमा हैन, डराउनेमा छ त्यसैले उपचार पनि ‘डराउने’ हरूकै गर्नुपर्छ र यस्ता विभेदकारी मानक भत्काउनुपर्छ।‬’

उनको स्टाटस्ः ‪
महिलाको पहिरनबाट सामाजिक मर्यादा भत्कने डर!
‪महिलाले सिन्दूर पोते नलगाउँदा पुरुष झुक्किने डर!
‪यो ‘डर’ सामाजिक रोग हो।‬
‪समस्या गीत वा पहिरनमा हैन, डराउनेमा छ त्यसैले उपचार पनि ‘डराउने’ हरूकै गर्नुपर्छ र यस्ता विभेदकारी मानक भत्काउनुपर्छ।‬