पु.समाचार

ओलीलाई विदा गरौं, अपराधका संरक्षक न्यायाधीशमाथी महाभियोग लगाऊँः डा भट्टराई

९ साउन, काठमाडां । जनता समाजवादी पार्टीका नेता तथा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले अपराधका संरक्षक न्यायाधीशमाथी महाभियोग लगाउनु पर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त डा भट्टराईले श्रीमती हत्याका आरोपति पुर्व डिआईजी प्रकरणप्रति आक्रोस व्यक्त गर्दै संसद अधिवेशन बोलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्नु सुझाउँदै अपराधका संरक्षक न्यायाधीशमाथि पनि महाभियोग लगाउन माग गरेका छन् ।

साथै डा.भट्टराईले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जानुपर्नेमा जोड दिएका छन् । देश गम्भीर संकटतिर जाँदै गरेको भन्दै उनले लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यस्तो गर्नुपर्ने सुझाव दिएका छन् ।

श्रीमती हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जनप्रसाद कोइरालालाई सर्वस्व सहित जन्मकैदको फैसलालाई सर्वोच्चले घटाएर ८ वर्ष छ महिना पुर्याई रिहाई गरेको प्रति चौतर्फि आलोचना भईरहेको बेला डा भट्राईले यस्तो ट्वीट गरेका हुन् । उनि हिजो ८ वर्ष ६ महिनाको कैद सजाय भुक्तान गरी छुटेका छन् ।

उनको ट्वीटः देश गम्भीर संकटतिर जाँदैछ । लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौंः! । संसद अधिवेशन बोलाऊँ २ २.KPOलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ PM चयन गरौंः ३ । अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँः ४ । भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठनगरौंः ५ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ !