राजनीति

न्यायलयमाथि हष्तक्षेप गर्ने राजनीतिले देश,जनता र लोकतन्त्रको भलो गर्दैनः संयोजक मिश्र

९ साउन, काठमाडौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले न्यायलयमाथि हष्तक्षेप गर्ने राजनीतिले देश, जनता र लोकतन्त्रको कहिलै भलो नगर्ने टिप्पणी गरेका छन् ।

श्रीमती हत्याका आरोपति पुर्व डिआईजी प्रकरणप्रति ईंगित गर्दै संयोजक मिश्रले न्याय मर्नु भनेको मानवता मर्नु भएको बताएका छन् ।

उनले कहिलेकाहिँ लाग्छ, न्यायमाथि राजनीति हावि हुँदा यो देशमा कति निर्दोषहरू वर्षौँदेखि जेलमा कोचिएका होलान् र कति दोषीहरू गाउँ–शहरमा उन्मुक्त हाँसो हाँसिरहेका होलान् भन्दै कटाक्ष गरेका छन् ।

श्रीमती हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जनप्रसाद कोइरालालाई सर्वस्व सहित जन्मकैदको फैसलालाई सर्वाेच्चले घटाएर ८ वर्ष छ महिना पुर्याई रिहाई गरेको प्रति चौतर्फि आलोचना भईरहेको बेला मिश्रको यस्तो अभिव्यक्ति आएको हो । उनि हिजो ८ वर्ष ६ महिनाको कैद सजाय भुक्तान गरी छुटेका छन् ।

 

उनको ट्वीटः कहिलेकाहिँ लाग्छ, न्यायमाथि राजनीति हावि हुँदा यो देशमा कति निर्दोषहरू वर्षौँदेखि जेलमा कोचिएका होलान् र कति दोषीहरू गाउँ-शहरमा उन्मुक्त हाँसो हाँसिरहेका होलान् । न्यायलयमाथि हष्तक्षेप गर्ने राजनीतिले कहिल्यै देश, जनता र लोकतन्त्रको भलो गर्दैन। न्याय मर्नु भनेको मानवता मर्नु हो ।