पु.समाचार

पहिरो गएपछि नारायणगढ– मुग्लिङ सडकखण्ड अवरुद्ध

८ साउन, चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको चार किलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

आज राति ८ः४५ बजे सो स्थानमा ठूलो पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित चार किलोमा पहाडको माथिबाट पहिरो खसेको हो ।

अविरल वर्षा भइरहेकाले रातको समयमा पहिरो पन्छाउने सम्भावना नरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । यस वर्षका वर्षात्सँगै त्योे ठाउँमा पटक पटक पहिरो गएर दुःख दिइरहेको छ ।