समाचार

आज थप एक जनाको कोरोनाका कारण निधन, थपिए १४७ जना संक्रमित

८ साउन, काठमाडौं । आज १४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ५३५८ जनामात्र आईसोलेशनमा कोरोना संक्रमितको रुपमा छन् ।

जम्मा संक्रमितहरु १८ हजार २४१ जना भएका छन् । थप एकजनाको कोरोनाका कारण निधन भएको मन्त्रालयले पुष्टी गरेको छ ।