बाग्मती

चरीकोटमा ४७ जनाले गरे रक्तदान

८ साउन, चरीकोट । लकडाउनपछि विस्तारै चहलपहल शुरु भएको दोलखामा रगतको अभाव हुन नदिन चरिकोट सातदोबाटोमा आज खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दोलखा फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घ जिल्ला शाखा दोलखाको आयोजनामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको सहजीकरणमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको हो । फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घको छैटौँ स्थापना दिवसका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा जिल्लाका ४७ पिन्त रगत सङ्कल भएको छ ।

हिमाली जिल्ला दोलखामा रगत अभावको कारण कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस् र रगतको अभाव नहोस् भन्ने उद्देश्यले खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको दोलखा फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घ दोलखाका अध्यक्ष भीमबहादुर श्रेष्ठले बताए । रेडक्रस दोलखाका सभापति गोकर्ण पोखरेलले जिल्लामा रगतको धेरै माग हुने गरेको र विभिन्न सङ्घसंस्थाको सहकार्यमा रक्तदान कार्यक्रम भइरहेकाले रगत अभाव भएका बिरामीका लागि धेरै सहज भएको बताए ।