आर्थिक

अब वाणिज्य बैंकको सबै प्रकारका कर्जाको ब्याजदर एकल अङ्कमा

८ साउन, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदर २०७७ श्रावण ७ गतेबाट एकल अङ्कमा हुने गरी तोकेको छ ।

बैंकले यही बुधबारदेखि लागु हुने गरी नयाँ तथा पुराना ग्राहकहरुको लागि कर्जाको ब्याजदर अधिकतम ९.३२ प्रतिशत मात्रै हुने गरी तोकेको छ । हाल बैंकको आधारदर ६.०७ प्रतिशत रहेको छ ।

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।