समाचार

श्रीमतीको हत्यापछि जेल गएका पुर्व डिआईजी छुटे

८ साउन, काठमाडौं । श्रीमतीको हत्यापछि जेल गएका पुर्व डिआईजी रिहा भएका छन् । श्रिमती हत्यापछि जन्मकैदको सजाय पाएका पुर्व डिआईजी रन्जन कोईराला आज बिहान ११ः ५० मा डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

महाराजगञमा हत्यागरी मकवानपुरमको टिस्टुङ पालुङमा श्रीमती गीता ढकालको शव लुकाई जलाएर फर्किंँदै गर्दा उनि पक्राउ परेका थिए ।

उक्त हत्याको जिल्ला अदालत र पुनरावेदन अदालतले जन्मकैदको सजाय दिएको थियो तर सर्वाेच्च अदालतले भने १५ असारमा कोईरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो ।

प्रधानन्यायाधिस चोलेन्दशमशेर जबरा र तेजबहादुर केसिको ईजलासले उक्त फैसला गरेको थियो । नेश्नल डिफेन्स कोर्सका कारण चीनमा रहेका तत्कालिन डिआईजी कोईरालाले वि.स २०६८ माघमा पत्नि गीताको हत्या गरेका थिए । र उनि सोहि माघ २८ गते थानकोटबाट पक्राउ परेका थिए ।