विचार/ब्लग

सरकार अब बाढी, पहिरो र डुवानको दीर्घकालीन निकासका लागि लडोस्

८ साउन, काठमाडौं । मुलुकले यतिबेला बिश्वब्यापी महामारी कोरोना अनि सलह हुँदै अर्काे प्राकृतिक प्रकोपको सामना गरिरहेको छ । प्राकृतिक प्रकोप वाढी, पहिरो र डुवान । जसका कारण कयौं नागरिकले अकालमै ज्यान गुमाईरहेका छन् त कयौं बेपत्ता छन् । त्यसका साथसाथै कयौं नागरिक पहिरो र डुवानका कारण घरबार बिहीन भएका छन् ।

न खानलाई गाँस छ, न त बस्नलाई बास नै । आझ पीँडादायी कुरा त झन् त्यो प्रकोपबाट ज्यान जोगाउन सफल भएका कतिपयहरुले आफ्ना बेपत्ता परिवारका अन्य सदस्य जिउँदो या मुर्दा के छन् ? कुनै अत्तो–पत्तो नै पाउन सकेका छैनन् । बाढी र पहिरोमा परेका अझै कयौं व्यक्तिहरु बेपत्ता छन् । नेपाल प्रहरी, सशस्त्र र आर्माीहरुले खोजिकार्य जारी राख्दापनि भेट्याउन सकेका छैनन् ।यस्तै यो वर्ष मनसुन सुरु भएदेखि हालसम्मको अवधि सोमबार साउन ५ गतेसम्म १ सय १३ जनाको मृत्यु भएको तथ्यांक सार्बजनिक भएको छ । बाढी र पहिरोका कारण २८ जिल्लामा ११३ जनाले ज्यान गुमाएका हुन् ।

विभिन्न जिल्लामा भएका घटनामा १०३ जना घाइते छन् भने ४५ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी राखिएको केन्द्रीय प्रहरीले जानकारी दिएको छ । खोज तथा उद्दारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली खटिएका छन् । प्रहरीका अनुसार हालसम्म मनसुनजन्य विपदबाट सबैभन्दा बढी म्याग्दीमा २८ जनाको मृत्यु भएको छ भने जाजरकोटमा १२, तनहुँमा ११ र कास्कीमा १० जनको मृत्यु भएको छ ।

यसवर्ष नेपालमा मनसुन ३० असारबाट भित्रिएको थियो । कोरोनाको र लकडाउनको चपेटामा परेको मुलुकमा मनसुनको प्रभाव अत्याधिक नराम्रोसंग पर्यो । साउन ५ यता भएका घटना भने सरकारले सार्वजनिक गरेको छैन । साउन ५ यता पनि धेरैको मृत्यु भईसकेको छ भने बेपत्ता पनि भएका छन् । मुलुकमा वाढी तथा पहिरोले ठुलो आर्थिक साथै मानविय क्षति भएको छ । पहिरो र वाढीले घरै बगाउँदा घरमा भएको अन्नपात, लत्ताकपडा, सुनचाँदी, वस्तुभाउ बगाएको छ । जस्लै ठुलै आर्थिक क्षति पनि भयो ।

विगत झण्डै चार महिनादेखी कोरोना संक्रमणका कारण रोजगारी, पेसा, व्यवसायी ठप्प भई आर्थिक स्थिति नाजुक भईरहेको अवस्थामा साउन महिना सुरु भएदेखी नै प्राकृतिक प्रकोपले धेरै नेपालीको जनजिवन अस्तव्यस्त र कष्ठकर बनाईदिएको छ ।
एकातिर कोरोना, प्राकृतिक प्रकोप लगायतका कारण नागरिकको जनजिवन कस्टकर बन्यो भने अर्काेतिर सरकारलाई भ्रष्टाचार गर्ने थप मौका पनि मिल्यो । कोरोना परीक्षणको किटदेखी विभिन्न स्वास्थ्य सामाग्रीमा, राहत बितरण लगायतमा चरम भ्रष्टाचार पनि भयो । जसले गर्दा लकडाउनको पर्वाह नगरी सरकारको विरुद्धमा जनता सडकमा उत्रन पनि वाध्य भए ।

आज मुलुकमा तराई क्षेत्रका कयौं घर डुवानमा परेका छन्, त पहाडमा नबगाएका, नभत्किएका कयौं घर परिवार पहिरोको उच्च जोखिममा छन् । कुनबेला घरबार बिहीन हुनुपर्ने हो थाहा नै छैन । भारतका कारण तराई क्षेत्र वर्षेनि जलमग्न हुँदा समेत नेपाल सरकारले नेपाली जनतालाई त्यो पीडाबाट बाहिर निकाल्नका लागि छिमेकी देशसंग कुनै वार्ताको पहलनै गरेको देखिँदैन । जस्का कारण वार्षेनि मधेशका जनता डुवानको दुःखबाट गुर्जिरहेका हुन्छन् ।

नागरिक कोरोना, सलह हुँदै अहिले वाढी, पहिरो र डुवान जस्तो प्राकृतिक प्रकोपबाट गुर्जिरहेका बेला सरकार भने आफ्नै आफ्नै आन्तरिक खिचातानी, प्रधानमन्त्री पदको लफडामा व्यस्त छ । बिभिन्न प्रकोपले जनता मरिरहेकाबेला जनतालाई बचाउन छाडेर सरकार आफ्नो पद बचाउनमै ब्यस्त देखिन्छ । नेकपा नेतृत्वमा पछिल्लो समय विवाद बल्झिएको छ । जसका कारण पटक–पटक स्थायी कमिटिको बैठक बस्दै र स्थगीत हुँदै आएको छ । सरकारले आफ्नो भएभरको समय त्यतै खर्चिएको देखिन्छ । केहिदिनका लागि मात्रै वाढी, पहिरोको उद्धार र राहतमा जुट्न भन्दै त्यो विवादलाई थाति राखिएको छ ।

यस्तो बिकराल अवस्थामा सरकारले आफैं पनि कोरोना महामारीको खतरा नटरेको भन्दा भन्दै बुधबारदेखी लागू हुनेगरी लकडाउन खुलेको घोषणा गरेको छ । लकडाउन खोलेको घोषणा गरेपनि शिक्षा, पर्यटन, पार्टी प्यालेस लगायतका क्षेत्र भने अझ खुल्न सक्ने अवस्थामा छैनन् । मान्छेको धेरै भिडभाड हुने स्थानहरुमा अझै निषेधाज्ञा नै छ । जसका कारण मुलुक पुरानै आर्थिक अवस्थामा फर्कने महिनौं कुर्नुपर्ने देखिन्छ ।

कोरोनाका कारण विश्वनै आक्रान्त बनिरहेका बेला नेपालमा कृषि क्षेत्रलाई केहि राहत मिलेको छ । भारत लगात तेस्रो मुलुक गएका युवा वर्ग सबै कोरोना त्रासका कारण आफ्नै मुुलुक फर्कनु र कोरोनाले देशैभरी लकडाउन हुँदा सबै क्षेत्र ठप्प भएपछि सहरमा बस्ने युवाजति गाउँ छिरेका कारण यतिबेला गाउँघरमा कृषि कर्म राम्रो भएका छन् । गाउँ फर्किएका युवाले कृषि क्षेत्रलाई यतिबेला महत्व दिएका छन् । मुलुकका जिल्ला जिल्लामा अन्य वर्षहरुमा बाँझो हुने खेतबारीमा यतिबेला धान, मकै, तरकारीले ढाकेको छ । जसका कारण कृषि क्षेत्रमा भने राम्रो भएको छ ।

तर शैक्षिक, औद्योगिक, होटल व्यवसायी भने १ सय २० दिने लामो बन्दका कारण धरापमा परेका छन्, अझै खोल्ने सम्भावना नभएकाले कस्तो भविश्य होला त्यो अनुमान लगाउन सकिने अवस्था देखिन्न । अनलाईन क्लास भनेपनि बालबालिकाको पढाईमा ठुलो असर परेको छ । झनै ग्रामिण क्षेत्रका बालबालिकाको जहाँ अनलाईन क्लासको कुनै सम्भावना नै छैन, उनीहरु पछिपरेका छन् । एसईईको आन्तरिक मुल्याङ्कनबाटै परीणाम दिनेनिर्णय भएकाले उनीहरुको मानीशका अवस्था भने खासै कमजोर भएन । तर अन्य तहको परिक्षा भदौदेखी शुरु गर्ने सरकारलेनिर्णय गरेपनि मिति नतोकिएकोले अझै अन्यौलमै छ ।

चिनको वुहान सहरबाट फैलिएको कोरोना भाईरस कोभिड १९ ले गर्दा नेपालमा पनि गत चैत्रदेखी मुलुकैभरी लकडाउनका कारण सम्पुर्ण आर्थिक, शैक्षिक लगाएतका गतिबिधि ठप्प नै भए । यस्तै जिल्लागत रुपमा सार्वजनिक यातायातहरु भने खुल्न थालेका छन् तर बाह्य जिल्लाहरुमा भने भदौ १ गतेदेखी खुल्ने सरकारले जानकारी गराएको छ । साथै होटल व्यवसायीहरुपनि उच्च सर्तकताका साथ खोल्न सकिने जनाईएको छ । कोरोना भाईरसको संक्रमण कायम नै ररहेका बेला खोलिएको लकडाउनले जनतामा खासै उत्साह ल्याएको देखिन्न ।

पछिल्लो अपडेटअनुसार कोरोना संक्रमणले विश्वभरी ६ लाख ३० हजारको मृत्यु भएको छ भने नेपालमा हालसम्म ४३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै १८ हजार भन्दा बढी संक्रमीत भएका छन् । नेपालमा कोरोना संक्रमण संख्या बढ्नुमा सरकारको कमजोरी का साथै कतिपय सर्वसाधारण नागरिकको पनि गल्ति विज्ञहरुले औंल्याउने गरेका छन् । पछिल्लो समय सरकारले कोरोना संक्रमित घट्दो क्रममा रहेको भनेपनि संक्रमणको जोखिम उत्तिकै रहेको छ । छिमेकी देश भारतमा तीब्र गतिमा बढेको कोरोनाका कारण नेपाल जोखिम छैन भन्ने ठाउँ नै छैन । सरकारको लापरबाही र गल्तिले नेपाल फेरी कोरोनाको ईपीसेन्टर नबन्ला भन्न सकिँदैन । हरेक नेपालीले सचेत भएको कोरोनाबिरुद्धको सरकारको लडाइमा साथ भने दिनैपर्छ ।

पछिल्लो समय केही स्थानमा समुदायस्तर मै पनि संक्रमितहरु देखिएका छन् । कोरोना संक्रमण कम भएको भन्दै सरकारले लकडाउन खोलेपछि देशैभरी कोरोनाको जोखिम झनै बढेको विज्ञहरुले चेतावनी पनि दिएका छन् । यस्तो अवस्थामा नागरिकले आफ्नो स्वास्थ्य सुरक्षा आफैं गर्न जरुरी देखिएको छ । यस्तै मुलुकमा लकडाउन सुरु भएयता कयौं आत्महत्या, बलात्कारका घटनाहरुपनि सार्वजनिक, भएका छन् । आर्थिक अभाव लगायत विभिन्न समस्याले घेरिएर मान्छेहरु आत्महत्या गर्न वाध्य भएका छन् । कयौं कम्पनीमा काम गर्ने कर्मचारी जागिरबाट निकालिएका छन्, शिक्षा, सँचारलगायतका क्षेत्रमा कयौं कर्मचारी विगत ४ महिनादेखी तलब बिहीन भएका छन् । जस्ले गर्दा मान्छेमा मानसिक तनाव पनि उत्पन्न भएको छ । बिबिध कारणबाट मुलुकमा आत्महत्याका घटनामा बृद्धि भएको छ ।

साथै कोरोनाकै कहरकै बिच छिमेकी देश भारतबाट सलह किरा नेपालमा भित्रियो, कयौं जिल्लाहरुमा अन्नबालीमा ठुलै क्षति पुर्याएको छ । अझैपनि मुलुकका केहि स्थानमा सलहको जोखिम कायम नै रहेका छन् । महामारीकाबिच आएको सलहकिरा अनि बाढी, पहिरो र डुबानलाई नियन्त्रणगर्न सरकारले दीर्घकालीन योजना ल्याउन जरुरी छ । बर्षेनी आउने बाढीलाई नियन्त्रण गर्न सरकारले वैज्ञानिक उपाय अवलम्बन गर्नुपर्ने अनिवार्य आवश्यक्ताको रुपमालिनु महत्वपूर्ण छ।