राजनीति

महामन्त्री खड्काको प्रश्नः २ जना संक्रमित हुँदा देश ठप्प, २० हजार हुँदा खुल्ला ?

८ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री पुर्णबहादुर खड्काले सरकारले बुधाबारदेखी खुल्ला गरेको लकडाउनप्रति टिप्पणी गरेका छन् । मुलुकमा २ जना कोरोना संक्रमित हुदा पुरै देश ठप्प, २० हजार हुँदा खुला ? भन्दै आक्रोसयुक्त टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता खड्काले २ जना कोरोना संक्रमित हुदा पुरै देशमा एकै पटक लकडाउन गर्ने र समुदायमा संक्रमित फैलदै गरेको अबस्था र २० हजार संक्रमित पुगेको समयमा पनि पुरै देशमा एकै पटकमा लकडाउन खुला गरेको भन्दै टिप्पणी गरेका छन् ।

उनले अगाडी भनेका छन्ः के हाम्रो सरकार अध्ययन, विश्लेषण र कार्ययोजना बनाएर यो सब काम गरि रहेको छ ? या त तदर्थबादमा यी सब गरिदैछ ?

 

उनको ट्वीटः २ जना कोरोना संक्रमित हुदा पुरै देशमा एकै पटक लकडाउन, समुदायमा संक्रमित फैलदै गरेको अबस्था र २० हजार संक्रमित पुगेको समयमा पनि पुरै देशमा एकै पटकमा लकडाउन खुला, के हाम्रो सरकार अध्ययन, विश्लेषण र कार्ययोजना बनाएर यो सब काम गरि रहेको छ ? या त तदर्थबादमा यी सब गरिदैछ ?