समाचार

अज्ञात समूहद्वारा कञ्चनपुरको शुक्लाफाँटाको एक वडा कार्यालयमा  आगजनी

८ साउन कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।

गएराति झ्यालको सिसा फुटाएर कार्यालयमा आगजनी गरिएको वडा सचिव महेश भट्टले बताएका छन् । उनका अनुसार झ्यालको सिसा फुटाएर पेट्रोल छर्केर आगजनी गरिएको छ ।

कार्यालयको कम्प्युटर, सोफा, कार्पेट, कुर्सी र टेबुल जलेको भट्टले जानकारी दिएका हुन् ।

के कति क्षति भएको छ, घटनाबारे अनुसन्धानका लागि यकिन विवरण सङ्कलनको कार्य भइरहेको  जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाले बताएका छन् ।