पु.समाचार

नेपालमा कोरोनाले फेरी लियो एक व्यक्तिको ज्यानः जम्मा मृतक सङ्ख्या ४३

८ साउन, काठमाडौं । नेपालमा कोरोनाले फेरी एक व्यक्तिको ज्यान लिएको छ । यो संङ्गै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ ।

गण्डकी अस्पतालमा भर्ना भएका पर्सा विरगंज माईस्थानका अन्दाजी ६० वर्षका पुरुको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो । मृत्यु पस्चाल गरिएको पिसिआर परिक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत सोमबार सास फेर्न गाह्रो भएपछि उनलाई सुरुमा एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । शंकास्पद विरामी भएको भन्दै उनलाई मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगियो र उनको सोही दिन साँझ मृत्यु भयो ।