अन्तर्राष्ट्रिय

कोरोना भाइरसको खोप यो वर्ष आउनेमा ढुक्क नहऔंः डब्ल्युएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरसको खोप यो वर्ष आउनेमा ढुक्क नहुन आग्रह गरेको छ । कोरोना भाइरसको खोप निर्माणमा सफता प्राप्त भएको समाचारहरु आइरहेका बेला संगठनले भने सन २०२० मै भने खोप तयार भइनसक्ने बताएको हो ।

‘भ्याक्सिन बनाउने काममा शोधकर्ताहरुलाई प्रारम्भिक सफलता मिलिरहेको हो । तर यो वर्ष भ्याक्सिन तयार हुने कुरामा आशावादी हुन सकिँदैन ।’ – डब्ल्युएचओका कार्यकारी निर्देशक माइक रयानेले भनेका छन् ।

उनले ढिलो आएपनि प्रभावकारी खोप बने त्यो कुरालाई सकारात्मक ढंगले लिनुपर्ने बताए । उनले भने (‘भ्याक्सिनको विश्वसनीयतामा कुनै कमी आउन दिनु हुँदैन, ढिलो आए कुनै फरक पर्दैन ।’

यसअघि खोप बनाइरहेको अक्सफोर्ड र अस्ट्राजेनेकालाई डब्ल्युएचओले बधाई दिएको थियो । तर खोपले मात्रै कोरोना भाइरसको अन्त्य नहुने उसले बतउदै आएको छ ।

खोप विश्वव्यापी र सबै मुलुकमा समान ढंगले पुगेमात्र कोरोना महामारीको अन्त्य गर्नसकिने डब्ल्युएचओको भनाइ छ । यसका बिरुद्ध सबै मुलुक जुट्नुपर्ने स्वास्थ्य संगठनको आग्रह छ ।