सूचना प्रविधि

पहिलो रिचार्ज र प्रत्येक १०० को खर्चमा बोनस डेटा

७ साउन, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँथिम ‘प्लस’अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ल्याएको छ । यो सिमलिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक रु १०० मेन ब्यालेन्स खर्चमा बोनस डेटा पाउँछन् ।

नयाँग्राहकहरुले कर सहितमात्र रु ९९ मा यो सिमलिन सक्छन् । यो योजनाअन्तर्गत ग्राहकले सिमलिदा, पहिलो रिचार्ज गर्दा र पहिलो एक वर्ष सम्म रिचार्ज गर्दा बोनस डेटा पाउँछन् ।

यो नयाँसिमलिदाग्राहकले रु २० मेनब्यालेन्स, २०० एमबी डेटा र २० मिनेट अन नेट टक टाइम पाउँछन् । यसरी सिमसँगै बन्डल भएर आउने डेटा र टक टाइम ७ दिनको लागि मान्यहुनेछ ।

यो नयाँसिमको प्रमुख विषेशता भनेको सिम लिँदा पाइने थप बन्डल सेवा तथा सुविधा नै हुन् । ग्राहकले सिम लिएको दिनको भोलि पल्ट मध्यरात सम्ममा १०० वा सो भन्दा बढिको पहिलो रिचार्ज गर्दा ५०० एमबी डेटा बोनस स्वरुप पाउँछन् । यो डेटाको समयावधि ५ दिन रहेको छ ।

यसका साथै, ग्राहकले प्रत्येक रु १०० मेन ब्यालेन्स खर्च गर्दा पहिलो एक वर्ष सम्म २०० एमबी डेटा  बोनस पाउँछन् । उदाहरणका लागियदि यो सिमलिने ग्राहकहरुले भ्वाइस, डेटा वाएसएमएस सेवामा रु १०० खर्च गरेमा उनीहरुले बोनस डेटा २०० एमबी पाउँछन् । यसरी प्राप्तहुने बोनस डेटा ३ दिनका लागि मान्य रहन्छ ।

यो नयाँ सिमलिनका लागि पहिचान प्रमाणिकरणका निमित्त सकल सहित नागरिकता वा म्यादनसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानीको फोटोकपी र पासपोर्ट साइजको फोटो एक प्रति आवश्यक पर्दछ ।

नयाँथिम ‘प्लस’अन्तर्गत ‘नयाँ सजिलो सिम’ स्टार्टर प्याकको बारेमा आफ्नो उत्साह साट्दै एनसेलकाचीफकर्मसियलअफिसर प्रदीपश्रीवास्तवले भने, “ग्राहकहरुलाई डेटा सेवा प्रयोगको उत्कृष्ट अनुभव र त्यसको लाभ प्रदान गर्ने हाम्रो प्रतिवद्धता अनुरुप सबै मोबाइल डेटा प्रयोगकर्ताका लागि यो नयाँ प्याक ल्याउन पाएकोमा हामी निकै हर्षित छौं ।”
नयाँथिम ‘प्लस’अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युबप्लस’अफर, भ्वाइस सेवाको बढि आवश्यकता रहेकाका लागि ‘इन्डलेस कुराकानीप्लस’ र साथै ‘वायरफ्रीप्लस वाइफाइ’ सेवाको बुकिङ पनि सुरु गरी सकेको छ । ‘प्लस’थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भएपनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ ।