आर्थिक

मुक्तिनाथ विकास बैंकको कर्जामा भारी छुटै छुट

७ साउन, काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जाहरुमा“मुक्तिनाथ ग्राहक विशेष लाभ योजना”नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएकोे छ । यस यो जनाअन्तर्गत अधिकांश कर्जाहरुमा सीमित अवधिका लागि निम्न आकर्षक सेवा तथा सुविधाहरु प्रदानगर्ने छ । विकास बैंकले न्युनतम ब्याजदर, ४८ कार्य घण्टा भित्रकर्जा स्वीकृती गरिने, नियमित किस्तातिरेमा तिरेको ब्याजमा १० प्रतिशत छुट, एक वर्षसम्म कर्जा स्वीकृत हुँदा कायम ब्याजदर परिवर्तन गरिने छैन, कर्जा सेवा शुल्क अधिकतम १ प्रतिशत मात्र, विनासुरक्षण शुल्कमा Locker सुविधा, बैंकको नियमानुसार शर्तहरु लागु हुने लगायत बताएको छ ।
यसकासाथै, बैंकबाट कर्जा लिएका ग्राहकहरुले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी सांवा र ब्याजयही २०७७श्रावण मसान्तसम्ममा चुक्ता गरेमा कर्जाको ब्याजदरमा २ प्रतिशत सम्मको छुट प्रदानगर्ने व्यबस्था बैंकले ल्याएको छ ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथाकर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ । प्रविधिमा आधारित रहीमोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवाहरु पनि प्रदानगर्दै आई रहेको बिकास बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिएका छन् ।