पु.समाचार

आज थपिए १०० जना कोरोना संक्रमित, थप दुईको निधन पुष्टी

७ साउन, काठमाडौं । आज १०० जनामा कोरोना संक्रमण देखिएको पुष्टी भएको छ भने दुईजना मानिस कोरोना संक्रमणबाट नेपालले गुमाउनुपरेको छ ।

महोत्तरीका एक पुरुष र एक चिनीयाँ महिला गरेर दुईजनाको थप निधन भएको छ ।

आजको स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिगंमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त पुष्टी गरेका हुन् । आजबाट कोरोना संक्रमित १८ हजार नाघेका छन् ।