राजनीति

सरकारको संकल्प, समृद्ध नेपाल र सुखी नेपालीः प्रधानमन्त्री ओली

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले वर्तमान कम्युनिष्ट सरकारले समृद्ध मुलुक र नागरिकलाई सुखी बनाउने संकल्प लिएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र देशमा बस्ने नागरिकलाई सुखी बनाउने संकल्प कम्युनिस्ट पार्टीको यस सरकारले लिएको बताएका हुन् ।

साथै प्रधानमन्त्री ओलीले यस संकल्पलाई साकार पार्ने दिशामा अग्रसर हुन पुष्पलाल स्मृति दिवसका अवसरमा सबैमा आह्वान पनि गरेका छन् ।

विश्वप्रसिद्ध कम्युनिस्ट घोषणा पत्रका प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिव, बाम–लोकतान्त्रिक संयुक्त जनआन्दोलनका वैचारिक प्रणेता पुष्पलालको ४२ औं स्मृति दिवसका अवसरमा उनिप्रति श्रद्धासुमन अर्पण समेत ओलीले गरेका छन् ।