सामाजिक सञ्जाल

बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस नुवाकोटद्वारा रक्तदान

७ साउन, काठमाडौं । बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस नुवाकोटले मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बीपी कोईरालाको ३८ ओैं स्मृति दिवसको अवसरमा नेपालि कांगे्स नुवाकोटले रक्तदान कार्यक्रम सम्पन गरेको हो । 

कार्यक्रममा कांग्रेस नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले बीपीलाई सम्झिने मात्र नभई उहाँका विचार तथा मार्गदर्शनको पदचिन्हमा हिंड्ने, ऊर्जा तथा प्रेरणा लिने र ती विचारलाई सार्थक बनाउने संकल्प–दिवसको रुपमा लिनु यो दिवसको सार्थकता हुने बताएका छन् ।

यस्तै दिवसका अवसरमा बीपी बिचार राष्ट्रिय समाजले देविघाटमा ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा खाध्यन तथा फलफुल बितरण गरेको छ । केसीको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम गर्नुको साथै खाद्यान्न तथा फलफूल वितरण गरिएको हो ।

बीपी लोतान्त्रिक समाजवादी चिन्तक, कुशल राजनीतिज्ञ र प्रखर ‘साहित्यिक व्यक्तित्वको त्रिवेणी भएको भन्दै सभापती केसीले सवै नेपालीको एउटा सानो घर होस, गरिखान पुग्ने एउटा खेतबारी होस भन्ने सपना साकार गर्नुपर्ने बताए । यसका लागि नेपाली कांग्रेसले नेतृत्व गर्नुपर्ने पनि नेता केसीको भनाई छ ।