मनोरञ्जन

तीज कोसेली नाचौं छमछमी को साथमा दिलसरा (भिडियो) सहित

७ साउन, काठमान्डौ । गत बर्षहरुको तुलनामा यस वर्षको तिज गीतहरु मौलिकता बाट पर गएकी भन्ने आवास सबैमा भैरहंदा यतिबेला दिलसरा काउछा थापा मगरले निकै कर्णप्रिय स्वर लहरीमा एक मौलिक गीत बजारमा ल्याएकी छिन् ।

नाचौं छमछमी नाममा बजारमा आएको उक्त गीत बिस्वको जुनसुकै कुना कन्दरामा रहेर सुनेता पनि आफ्नै गाउँवस्ती र आफ्नै रिति रिवाजको महसुसले दिलाउने किसिमको रहेको छ ।
प्रस्तुत गीतमा दिलसरा काउछा थापा मगरको को नै एकल स्वर रहेको छ भने लय दिलसरा काउछा थापा मगरको र शब्द दिलसरा काउछा थापा मगर, करुणा थापा मगरको रहेको छ ।

सम्पूर्ण नारीहरुलाई यस बर्षको तीज कोसेलीको रुपमा बजारमा ल्याईएको यस गीतको म्युजिक भिडियोमा सिवानी थापा मगर, लिजा मगर र जश्मिन खड्काको रहेको छ । गीतको म्युजिक भिडियोलाई निर्देशन चुमन काउछा मगर, छायांकन बसन्त महर्जन कोरियोग्राफी उदिराम खड्का र सम्पादन हम गैरेले गरेका छन् ।

गितको भिडियोः