मनोरञ्जन

गायिका माया नानुको आवाजमा “कोरोना भाइरसमा फसौला ” भिडियो सहित

७ साउन, काठमान्डौ । नेपाली मौलिक तिज गीतहरु मौलिकता बाट पर गइरहेको अवस्थामा डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा प्रविण क्षेत्रीको पहिलो लोकदोहोरी तिज गीत “कोरोना भाइरसमा फसौला ” गीतको भिडियो बजारमा आएको छ ।

गायक सुरज थापा र गायिका माया नानुको आवाज गीतमा रहेको छ । नेपाली नारीहरुले भोगेको पिडा र ब्यथालाई गीतमा समेटिएको छ । कोरोना भाइरसले पारेको प्रभावलाई गीतमा समेटिएको छ ।

प्रविण क्षेत्रको शब्द सिर्जना तथा इन्द्र दाहाल शिशिरको लय सिर्जना गीतमा रहेको छ । नेपाली तिजको गीतहरुमा भडकिलो किसिमको पहिरन र शब्द प्रयोग भइरहेको अवस्थामा आम रुपमा दर्शकको मनोभावनाको कदर गर्दै समयानुकुल गीत लाई बजारमा ल्याएको गीतका सर्जक प्रविण क्षेत्रीले बताए ।

सुशिल डाँगीको छायाँकन , अविनास डिसीको सम्पादन तथा रविन शाहको निर्देशन भिडियोमा छ । गीतको भिडियोमा लोमश शर्मा र सिम्रन दुलालको अभिनय तथा नृत्य रहेको छ ।

गितको भिडियोः