राजनीति

डा भट्टराईकाे टिप्पणाीः ‘कम्युनिष्ट’ सरकारले सुकुम्बासीका छाप्रामा आगो लगाउनु निर्लज्जता

७ साउन काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले ‘कम्युनिष्ट’ सरकारले सुकुम्बासीका छाप्रामा आगो लगाउनु निर्लज्जता भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त डा भट्टराईले कम्युनिष्ट’ भन्ने सरकारले देशका सीमान्तकृत र सुकुम्बासी चेपांगका छाप्रामा आगो लगाउनु निर्लज्जताको पराकाष्ठा भएकोल बताएका हुन् । पुर्व चेतावनी समेत नदिई गत शनिवार चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीहरुले चेपाङबस्तीमा आगो लगाउनुका साथै निकुञ्जको हात्ती प्रयोग गरेर आठ वटा घर ध्वस्त पारेका थिए ।

उक्त कार्यप्रति बिरोध जनाउँदै डा भट्टराईले बस्ती हटाउनै परे वैकल्पिक आवास दिनुपर्दैन भन्दै यस्तो झरीको वेला लालावालाको ओत खोस्दा मनमा अलिकति पनि अपराधवोध किन नभएको भन्दै प्रश्न गरेका छन् । साथै उनले यति पोस्ने सुकुम्वासी झोस्ने यी कस्ता ‘सर्वहारावादी’ भन्ने टिप्पणी गरेका छन् ।

उनको ट्वीटः ‘कम्युनिष्ट’ भन्ने सरकारले देशका सीमान्तकृत/सुकुम्बासी चेपांगका छाप्रामा आगो लगाउनु निर्लज्जताको पराकाष्ठा हो ! बस्ती हटाउनै परे वैकल्पिक आवास दिनुपर्दैन ? यस्तो झरीको वेला लालावालाको ओत खोस्दा मनमा अलिकति पनि अपराधवोध किन नभएको ? यति पोस्ने सुकुम्वासी झोस्ने यी कस्ता ‘सर्वहारावादी’ ?