पु.समाचार

कोरोनाका कारण नेपालमा थप एकको निधन, पुग्यो ४१ जना

७ साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
महोत्तरी गाउँपालीका ३ मोरईका ६० वर्षका एक पुरुषको मृत्यु भएसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको जम्मा सङ्ख्या ४१ पुगेको हो ।

स्वास्थ्य अवस्था गम्भिर भएपछि अस्पताल भर्ना भएका पुरुषमा संकमण पुष्टि भएको तीन दिनपछि मृत्यु भएको छ । बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गएराति ७ बजे मृत्यु भएका पुरुषको गएराति नै अन्त्यष्टि गरिएको छ ।

अस्पतालका प्रवक्ता दिनेस साप्कोटाका अनुसार गम्भिर अवस्थामा अस्पताल ल्याउँदा कुनै दिर्घ रोग नदेखीएका व्यक्तिमा कोरोना पुष्टि भएपछि निमोनिया र मिर्गाैला ड्यामेज देखिएको थियो ।