समाचार

नेता गुरुङको प्रश्नः यती र ओम्नीको काखमा रमाउने र सुकुम्बासीलाई रुवाउने ?

७ साउन काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ्ले चितवनको माडीस्थित चेपाङ वस्तीमा भएको आगजनिप्रति दुःख व्यक्त गर्दै सरकारप्रति कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले यती र ओम्नीको काखमा रमाउने र सुकुम्बासीलाई रुवाउने ? भन्ने कडा प्रश्न गर्दै आक्रोस व्यक्त गरेका छन् । पुर्व चेतावनी समेत नदिई गत शनिवार चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीहरुले चेपाङबस्तीमा आगो लगाउनुका साथै निकुञ्जको हात्ती प्रयोग गरेर आठ वटा घर ध्वस्त पारेका थिए ।

सोहि विषयप्रति चौतर्फि आलोचना भईरहेका बेला नेता गुरुङले सरकारसंग प्रश्न गरेका हुन् ।

नेता गुरुङले सुकुम्बासी चेपाङहरुको झुपडीमा आगो दन्काउँदा मन दुखेन भन्दै यो मध्यवर्षातमा बिचल्लीमा परेका ती चेपाङ सुकुम्बासी बालबच्चा च्यापेर कहाँ जाने हो ?भन्ने प्रश्न गरेका छन् । साथै उनले सरकारले उक्त कार्य गर्नुपुर्व बैकल्पिक ब्यबस्था सरकारले गरि दिनु पर्दैन भन्ने प्रश्न गरेका छन् ।

उनको ट्वीटः हेलो ओली सरकार ! सुकुम्बासी चेपाङहरुको झुपडीमा आगो दन्काउँदा तिम्रो मन पोलेन ? यो मध्यवर्षातमा बिचल्लीमा परेका ती चेपाङ सुकुम्बासी बालबच्चा च्यापेर कहाँ जाने हो ? बैकल्पिक ब्यबस्था सरकारले गरि दिनु पर्दैन ? यती र ओम्नीको काखमा रमाउने र सुकुम्बासीलाई रुवाउने ?