खेलकुद

टी–ट्वान्टी क्रिकेट यूएईमा हुने निश्चित

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल)  टी-ट्वान्टी क्रिकेट यूएईमा हुने निश्चित भएको छ । ईपीएल गर्भर्निङ काउन्सिलका अध्यक्ष बृजेश पटेलले १३औं संस्करणको आईपीएल यूएईमा हुने निश्चित भएको जनाएका हुन् ।

पटेललाई उद्धृत गर्दै न्युज एजेन्सी पीटीआईले जनाए अनुसार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आईपीएल युएईमा गर्ने निर्णय गरिसकेको छ । पटेलले केहि दिनमा अन्तिम निर्णय र खेल तालिका सार्वजनिक हुने समेत बताए । उनले आईपीएल बन्द रंगशालामा आयोजना हुनेसमेत बताए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यस वर्ष अष्ट्रेलियामा आयोजना हुने टी–ट्वान्टी विश्वकप एक वर्ष सारेपछि आईपीएल गराउन लागिएको हो । यसअघि सन् २०१४ को सिजन पनि यूएईमा आयोजना गरिएको थियो । यस संस्करणको आईपीएल सेप्टेम्बर देखि नोभेम्बरसम्म हुने बताईएको छ ।