आर्थिक

एभरेष्ट इन्स्योरेन्सको २५ औं वार्षिक साधारण सभा सम्पन्न

६ साउन, काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.को २५ औं वार्षिक साधारण सभा आज मिति २०७७ श्रावण ६ गते अग्रवाल भवन, कमलपोखरी, काठमाण्डौंमा सम्पन्न भएको छ ।
दिउसो २ बजे शुरु भएको सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखेका थिए ।
कम्पनीको २५ औ बार्षिक साधारण सभाले प्रस्तुत सामान्य तथा बिषेश प्रस्ताव सर्वसम्मतीले पारित गर्यो । सभाले कम्पनीले उपयुक्त समयमा उपयुक्त निर्जीवन बीमा कम्पनी संग गाभ्ने/गाभिने तथा प्राप्ति गर्न सक्ने अख्तियारी संचालक समितिलाई दिने समेत निर्णय गरेको छ ।