राजनीति

असल लोकतन्त्रका लागि भ्रष्टाचार उन्मुलन गर्ने एजेण्डा पहिलो शर्त: बरिष्ठ नेता पौडेल

६ साउन, काठमाडौं। नेपाली काँग्रेसका बरिष्ठ नेता बिपी कोईरालाले कम्युनिष्टबाट मानव दास बन्ने भन्दै स्वतन्त्रताविना मानिसको उन्नती हुन नसक्ने बताएको दाबी गरेका छन् । देशका हरेक नागरिकको अनिबार्य आवश्यक्ता पूर्ति हुनुपर्नेमागसहित बिपी कोईराला त्यसबेला लागि परेको बताए । उनले बिज्ञान र प्रबिधि २१ औं शताब्दीमा च्यालेन्ज दिएको स्मरण गर्दै त्यहीअनुसार अहिलेका अनिवार्य आवश्यक्ता पुरा हनुपर्ने उनको विचार भएको बताए ।
नेता पौडेलले संसारमा कम्युनिजम् सकिँदै गएको भन्दै उनीहरु जनतालाई ढाँटेर बन्दुकको बलमा सत्ता टिकाउने खेलमा लागेको दाबी गरेका छन् । नेता पौडेलले जनतालाई बन्दुकले तर्साउने र कार्यकर्ता पोस्ने गरेको भन्दै समाजबाद बिपी कोईरालाको आदर्श भएको बताए । गान्धीको फिलोसोफी, बुद्धको फिलोसोफीको स्मरण गर्दै साम्यबादको अतिबादबाट राज्यलाई बचाउनुपर्ने काम समाजबादको भएको बताए ।

बिपीको समाजबादको सारांसमा निमुखालाई न्याय भएको भन्दै किसानको जीवनमा परिवर्तन ल्याउन नयाँ टेक्नोलोजीसँग जोडेर कृषि क्रान्ती गर्नुपर्र्ने, उर्जाको विकास गर्नुपर्ने, पर्यटन पूर्बाधारको विकास गर्नुपर्ने अतिआवश्यक काम भएको बताएका छन् । उनले अहिले नेपालमा सबैभन्दा दुखी किसान हुने गरेको भन्दै सबैभन्दा सुखी किसान हुने वातावरण बनाउनुपर्ने बताए । पर्यटनलाई बिकास गरेर गाँउमा नै रोजगारी श्रृजना गर्नुपर्ने उनले बताए ।

अपार जलसम्पदालाई सदुपयोग गर्न नसकेको भन्दै भ्रष्टाचारको अन्त्य भएमात्र समाजबाद वा लोकतन्त्रको सार्थकता हुने उनले बताए । नेता पौडेलले भ्रष्टाचार नघटेमा चुनावमा सधैं त्यस्तैले जित्ने भन्दै समाजबादको पहिलो शर्त नै भ्रष्टाचारको अन्त्य हुनुपर्ने बताए ।

बाढीपहिरोले जनताको अवस्था ज्यादै नाजुक भएको भन्दै जनतालाई खान लाउन पाउनेमात्र नभएर सुरक्षीत स्थानमा बस्न पाउनुपर्ने अवस्थाको श्रृजना गर्नुपर्ने बताए । नेता पौडेलले निजी क्षेत्रको भूमिका पनि महत्वपूर्ण भएको भन्दै निजी क्षेत्रको सदुपयोग चेक एण्ड ब्यालेन्समा गर्नुपर्ने बताए । उनले बिपी कोईरालाले देखाएको बाटोमा काँग्रेस हिँड्नुपर्ने भन्दै अहिलेको बैज्ञानिक परिवर्तन अनुसार जनताका मिनिमम् आवश्यक्ता पुरा हुनुपर्ने बताए । उनले त्यसबेलाका आवश्यक्ताअनुसार बिपीले अनिबार्य आवश्यक्ता पुरा हुनुपर्ने भनेकोलाई मान्दै अहिलेको परिवर्तित आवश्यक्ताअनुसार जनताका आवश्यक्ता पुरा हुनुपर्ने बताए ।

नेता पौडेलले जनतालाई गाउँमै, सबै जनतालाई गाउँमै बसौं बसौं लाग्ने बनाउन आफू राजनीतिमा लागेको बताउँदै बर्तमान सरकारले फजुल खर्च बढाएको भन्दै घटाउन सल्ला दिए पनि आफूहरुले दिएको सल्लाह सरकारले नमानेको बताए । गणेशमान सिंह अध्ययन प्रतिष्ठानद्वारा आज अपरान्ह आयोजित ‘विपीले देखाएको बाटो र आजको सन्दर्भमा प्रजातान्त्रीक समाजबाद’ जुम कार्यक्रममा बरिष्ठ नेता पौडेलले उक्त विचार राखेका हुन् । 

बरिष्ठ नेता पौडेलले कोरोनाको भ्रष्टाचारमा सरकार चुर्लुम्म डुबेको भन्दै पैसाको राजनीति भन्दा समाबेशीता लगायतका लोकतान्त्रीक समाजबाद नै उत्तम भएको बताए । कम्युनिष्टले बिबाह गर्न आउँदा जातीयताका आधारमा मारेर पठाएको दृष्टान्त दिँदै कम्युनिष्टको समाजबाद यही हो ? भन्दै प्रश्न गरेका छन् । आउँदो महाधिवेशनमा सभबित सभापति समेत रहेका बरिष्ठ नेता पौडेलले कृषि क्रान्तीलाई महत्व दिँदै आएका छन् ।