राजनीति

बिपीले राजनीतिमा निष्ठा/गिरिजाबाबूले मुलुक असफल राष्ट्र हुनबाट बचाउनुभयो: महामन्त्री डा कोईराला

६ साउन, काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री डा शसाँक कोईरालाले राष्ट्रियता भूगोल भन्दा जनतामा रहने बताएका छन् । उनले १९४८ मा ईजरेलमा भएको राष्ट्रियताको घटनालाई स्मरण गर्दै जनताको पीरमार्का र काममा निर्भर गर्ने बर्ता । उनले पहिले राष्ट्रियता, लोकतन्त्र र त्यसपछि समाजबादको नीति लिएको भन्दै आफू प्रधानमन्त्री हुँदा १८ महिनामात्र काम पाएका कारण काम भएको बताए । उनले ०४८ सालपछि गिरिजाबाबूले जनतालाई हात हातमा मोवाईल हुने, मुलुक असफल राष्ट्र हुने कार्यबाट बचाएको बताए ।
नेता कोईरालाले १७ लाख हेक्टर जमिन नेपालसंग भएको र ९ करोड मानिसलाई पुग्ने बताउँदै कृषिमा जम्म ४ प्रतिशत छुट्याएको बजेट ज्यादै कम भएको बताए । उनले बीपी कोईरालाले आफ्नो पालामा ३० प्रतिशत बजेट छुट्याएको उनले बताए । नेता डा कोईरालाले काँग्रेसको १४ महाधिवेशनमा नेतृतव परिवर्तन गर्नुपर्ने बताउँदै कम्युनिष्ट सरकार पुरै अशफल भएको दाबी गरे । बिपीले राजनीतिमा निष्ठा र गिरिजाबाबूले मुलुक असफल राष्ट्र हुनबाट बचाएको डा कोईरालाको दाबी छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नविन्दराज जोजीले विपी कोईराला लोकतान्त्रीक समाजबादमा जनताले अनूभूत गर्न पाउनेगरी हुनुपर्ने बताउने गरेको बताएका थिए । नेता जोशीले समग्र मानवको विकासको लागि राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक रुपमा लाग्नुपर्ने बताउने गरेको बताए ।
नेता जोशीले कम्युनिष्टहरु बितरणमुखी भएको आरोप लगाउनेगरेको दाबी गर्दै बिपी कोईरालाले जनताका लागि सोचेको गर्न पुरा जिवन दिएका कारण उनी महामानव भएके बताए ।
विपीले किशान, मजदुरका लागि काम गरेको भन्दै आफ्नो तलव घटाएको नजिर प्रश्तुत गरेका छन् । आज लोकतन्त्र समाप्त हुन लागि परेको भन्दै २९ दिनसम्मको विपी कोईरालाको आमरण अनशनलाई सम्झिए । पूर्बमन्त्रीसमेत रहेका काँग्रेस नेता जोशीले विपी कोईरालाको राजनीतिक चिन्तनका बिषयमा काँग्रेसका कार्यकर्ताकाबिचमा छलफल हुनुपर्ने बताए ।
नेता जोशी आजको काँग्रेस महामन्त्री प्रमुख अतिथी रहेको जुम बैठटकमा नेपाललाई लोकतान्त्रीक समाजबादको बाटोलाई अझ बढि परिष्कृत गरेर लाने बेला आएके बताए । उनले नेपालमा लोकतन्त्र अहिले पनि खतरा रहेको भन्दै ०१७ सालमा लोकतन्त्र समाप्त भएपछि मुलुक अँध्यारो भएको स्मरण सबैले गर्नुपर्ने बताए । नेकपाको सरकारका पालामा भ्रष्टाचार बढेको, संबिधानका बिरुद्धमा बिधेयक आएका लगायतका लोकतन्त्र बिरुद्धका घटनाहरु घटेका बताउँदै काँग्रेसले अशल प्रतिपक्षका रुपमा सरकारले गरेका लोकतन्त्रबिरोधी गतिबिधिका बिरुद्धमा आवाज उठाउन नसकेको दाबी गरेका छन् । गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत रहेका नेता जोशीले वीर गणेशमान सिंह, सन्त नेता कृष्ण प्रसाद भट्टराई लगायतका नेताहरुलाईसमेत स्मरण गरेका थिए । आजको ३८ औं विपी जयन्तीको अवशरमा गरिएको जुम छलफलमा उक्त कुरा नेता जोशीले बताएका हुन् ।
नेपाली काँग्रेसकी नेतृ प्रमिला राईले काँग्रेसले विपी को बिचार र नीतिमा जनतासम्म जान नसकेको भन्दै आफू कुन नेता समात्दा आफू सुरक्षित बन्न सकिन्छ भन्ने गरि सबै हिँडिरहेको बताईन् । उनले बिपी कोईरालाले ठूलो मान्छे होईन अशल बान्छे बन, बजेट बनाउदा गरिब किशानलाई हेरे बनाउ भन्ने भनाईलाई अहिले काँग्रेसले अबलम्वन नगरेको बताईन् । उनल अहिलेको कम्युनिष्ट शासनको रवैयाले जनताहरु मारमा परेको भन्दै भ्रष्टाचारीलाई बचाउँदै को प्रधानमन्त्री हुने होडमामात्र लागेको बताईन् । काँग्रेसले भ्रष्टाचारबिरुद्ध उत्रिनुको सट्टा गुटबनदीमा लागेको बताउँदै वाईडबडी, सुनकाण्ड, गोकुल बाँस्कोटाको कमिशन काण्डको बिरुद्ध लागे आफूहरु पछि पछि हिँड्न तयार भएको बताईन् ।