राजनीति

बर्तमान सरकारबाट लोकतन्त्रलाई खतरा, ०१७ सालका कारण विकासमा नेपाल पछिः नेता जोशी

६ साउन, काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य नविन्दराज जोजीले विपी कोईराला लोकतान्त्रीक समाजबादमा जनताले अनूभूत गर्न पाउनेगरी हुनुपर्ने बताउने गरेको बताएका थिए । नेता जोशीले समग्र मानवको विकासको लागि राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक रुपमा लाग्नुपर्ने बताउने गरेको बताए ।
नेता जोशीले कम्युनिष्टहरु बितरणमुखी भएको आरोप लगाउनेगरेको दाबी गर्दै बिपी कोईरालाले जनताका लागि सोचेको गर्न पुरा जिवन दिएका कारण उनी महामानव भएके बताए ।
विपीले किशान, मजदुरका लागि काम गरेको भन्दै आफ्नो तलव घटाएको नजिर प्रश्तुत गरेका छन् । आज लोकतन्त्र समाप्त हुन लागि परेको भन्दै २९ दिनसम्मको विपी कोईरालाको आमरण अनशनलाई सम्झिए । पूर्बमन्त्रीसमेत रहेका काँग्रेस नेता जोशीले विपी कोईरालाको राजनीतिक चिन्तनका बिषयमा काँग्रेसका कार्यकर्ताकाबिचमा छलफल हुनुपर्ने बताए ।
नेता जोशी आजको प्रमुख अतिथी बरिष्ठ नेता रामचन्द्र पौडेल र बिशेष अतिथी डा शसाँक कोईराला रहेको जुम बैठकमा नेपाललाई लोकतान्त्रीक समाजबादको बाटोलाई अझ बढि परिष्कृत गरेर लाने बेला आएके बताए । उनले नेपालमा लोकतन्त्र अहिले पनि खतरा रहेको भन्दै ०१७ सालमा लोकतन्त्र समाप्त भएपछि मुलुक अँध्यारो भएको स्मरण सबैले गर्नुपर्ने बताए । नेकपाको सरकारका पालामा भ्रष्टाचार बढेको, संबिधानका बिरुद्धमा बिधेयक आएका लगायतका लोकतन्त्र बिरुद्धका घटनाहरु घटेका बताउँदै काँग्रेसले अशल प्रतिपक्षका रुपमा सरकारले गरेका लोकतन्त्रबिरोधी गतिबिधिका बिरुद्धमा आवाज उठाउन नसकेको दाबी गरेका छन् । गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत रहेका नेता जोशीले वीर गणेशमान सिंह, सन्त नेता कृष्ण प्रसाद भट्टराई लगायतका नेताहरुलाईसमेत स्मरण गरेका थिए । आजको ३८ औं विपी जयन्तीको अवशरमा गरिएको जुम छलफलमा उक्त कुरा नेता जोशीले बताएका हुन् ।