बाग्मती

तरुण काठमाडौंले सरसफाई गर्दै मनायो बिपी स्मृति दिवश

६ साउन, काठमाडौं । नेपाली काँग्रेसका सस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३८ आौं स्मृति दिवसका अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ परिसर सरसफाइ गरिएको छ । नेपाल तरुण दल काठमाडौँको आयोजनामा आज बौद्धनाथ क्षेत्र परिसर सरसफाइ गरिएको हो । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान नभएसम्म काँग्रेस बलियो हुन नसक्ने बताउनुभयो । काँग्रेस बलियो हुन जनतामाझ पुग्नुपर्ने उनको भनाइ थियो ।

तरुण दल काठमाडौँका अध्यक्ष कृष्णजी खड्काले जनताको पिरमर्काप्रति काँग्रेसले सशक्त भएर आवाज उठाउनुपर्ने बेला आएको बताने । “सरकारले गरेका गलत क्रियाकलापको खबरदारीका लागि काँग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्था परिचालन गर्नुपर्छ”, उनले भने ।

कार्यक्रममा वाग्मती प्रदेशका सांसद छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, नेपाल महिला सङ्घ काठमाडौँका अध्यक्ष विष्णुदेवी पुडासैनीलगायतको सहभागिता रहेको थियो । बौद्धनाथ परिसर सरसफाइका लागि काठमाडौँ महानगरपालिका–६ का वडाध्यक्ष दीपेन्द्र लामाले सरसफाइ सामग्री सहयोग गरेका थिए ।