मनोरञ्जन

एकदिन बीपीलाई कर्मकाण्डी बनाउने र बाँकी दिनमा बेवास्ता गर्नु गलतः मनिशा कोईराला

६ साउन काठमाडौं । बीपीकी नातिनी तथा अभिनेत्री मनिशा कोईरालाले बीपी जयन्तीको अबसरमा आफ्नो हजुरबुवालाई स्मरण गरेकी छिन् । सामाजिक सञ्जाल ट्वीट माफर्त अभिनेत्री कोईरालाले एकदिन बीपीलाई कर्मकाण्डी बनाउने र बाँकी दिनमा बेवस्ता गर्नु गलत भएको बताएकी छिन् ।

हरेक वर्ष बीपी जयन्ती वा स्मृति दिवसको अवसरमा बीपीलाई सम्झने, उनका नीति, सिद्धान्त र योगदानको गुणगान, बखान गर्ने र त्यसलाई कर्मकाण्डी बनाइने अनि, बाँकी दिनमा उनका नीति र सिद्धान्तलाई बेवास्ता गरिएको देखिएको टिप्पणी गर्दै यसबारेमा तपाईं के भन्नुहुन्छ भन्दै प्रश्न समेत गरेकी छिन् ।

 

उनको ट्वीटः हरेक वर्ष बीपी जयन्ती वा स्मृति दिवसको अवसरमा बीपीलाई सम्झने, उहाँका नीति, सिद्धान्त र योगदानको गुणगान, बखान गर्ने र त्यसलाई कर्मकाण्डी बनाइने अनि, बाँकी दिनमा उहाँका नीति र सिद्धान्तलाई बेवास्ता गरिएको देखिन्छ । यसबारेमा तपाईं के भन्नुहुन्छ ?