राजनीति

देश जेसुकै होस् म चाहीँ बन्नुपर्छ भन्ने नेताकार्यकर्ताको भावना गलत: महामन्त्री डा कोईराला

६ साउन, काठमाडौं । बीपी कोईरालाका कान्छा छोरासहित रहेका नेपाली काँग्रेसका महामन्त्री डा शसाँक कोईरालाले बिश्वेश्वर प्रसाद कोईरालाको ३८ औं स्मृति दिवसको अवसरमा उहाँको स्मरण गर्दै हार्दिक श्रद्धा सुमन अर्पण गरेका छन् । उनले उहाँ राजनेता, कथाकार, उपन्यासकारका साथै कला साहित्य र संङ्गीतमा समेत लगाव भएको बहुआयामिक व्यत्तित्वका धनि हुनुहुन्थ्यो भन्दै महामानव बीपीको बारेमा टिप्पणी गरेका छन् ।

नेता डा कोईराला ट्वीट गर्दै भन्छन्, ‘विपिले राजनितिमा नैतिकतालाई सधै उच्च स्थानमा राख्नुपर्छ भन्दै प्रवासबाट नेपालका साथीहरुलाई लेखेको पत्रमा, साधारण जिवनमा जती नैतिकताको स्थान छ त्यस्तै राजनितिमा पनि, त्यसैले नैतिकता विनाको राजनितिले कहि कतै पुर्याउदैन भन्नुहुन्थ्यो । राजनितिमा पहिलो अनिवार्य योग्यता नै नैतिकता हो ।’

भावी सभापतिका प्रवल दाबेदार समेत रहेका डा कोईरालाले बिपीले सदैव आफु भन्दा पार्टी, पार्टी भन्दा देशलाई महत्व दिने संस्कारको विकास गर्नु भएको स्मरण गर्दै अहिले देश र पार्टी जे होस् म चाहीँ जसरी पनि हुनुपर्यो भन्ने जुन संस्कारको विकास भएको छ यो परिपाटीले पार्टी र देश दुवैको हित हुदैन भन्ने विचार ब्यक्त गरेका छन् ।

उनले राष्ट्रियता र प्रजातन्त्र एक अर्कोका पुरक हुन भन्दै राष्ट्र हित चाहनेहरु एक भएर राष्ट्रियता र प्रजातन्त्रको संरक्षण गर्दै समाजवादमा बिपीको विचार अझ फैलाउन उच्च नैतिकता र गम्भिरताका साथ अघि वढ्नु आजको आवश्यकता भएको विचार दिएका छन् ।

देश जेसुकै होस् म चाहीँ बन्नुपर्छ भन्ने भावना गलत भएको महामन्त्री डा कोईरालाको टिप्पणी छ ।