राजनीति

नारायणकाजीको प्रस्तावः महाधिवेशनको तयारीलाई निकासको सुत्र बनाऔँ

६ साउन काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले महाधिवेशनको तयारीलाई निकासको सुत्र बनाउनु पर्नेमा जोड दिएका छन् ।

सामाजिक सजाल ट्वीट माफर्त नेता श्रेष्ठले पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारी लाई निकासको सुत्र बनाउनु पर्ने बताएका हुन् । साथै उनले पार्टी एकताको रक्षा यतिबेलाको नेकपाको वटमलाईन भएको बताएका छन् ।

यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा, लोकतन्त्रको रक्षा एवं बिस्तार, समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण भएको उनको भनाई छ । पार्टीमा शिर्ष- नेताहरुबीच दुरी वढेको बेलामा उनले माहाधिवेशन माफर्त समस्या समाधान गर्नुपर्ने सुझाव दिएका छन् ।

यस्तै पटक–पटक स्थगीत हुँदै आएको नेकपाको आजकालागि बोलाईएको बैठक फेरीपनि स्थगीत भएको छ । पछिल्लो समय पार्टीमा आन्तरिक बिवाद बढ्दै गएको छ ।

उनको ट्वीटः पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो वटमलाईन हो । यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा, लोकतन्त्रको रक्षा एवं बिस्तार,समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण हो । तसर्थ पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारी लाई निकासको सुत्र बनाऔँ ।