पु.समाचार

बिपी कोईरालको समाजबादको सान्दर्भीकता अझै बढ्दैछः अध्यक्ष बस्नेत

६ साउन, काठमाडौं । नेपाल तरुण दलले केन्द्रिय समितिले ३८ औ वी.पी. स्मृति दिवसको अवसरमा बाल आश्रममा (फलफुल, मास्क, स्यानीटाईजर, साबुन) वितरण गरेको छ । उक्त कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

नेपाली काँग्रेस महालक्ष्मी न.पा. वडा नं १, २, ३ र ४ समन्वय समिति परिवार र नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य रवि थापा लगायतको सहयोगमा उक्त कार्यक्रम भएको थियो ।
अध्यक्ष बस्नेतले कार्यक्रममा माहामानव बिपी कोईरालाले नेपालमा लोकतन्त्रको जग बसाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै बिपीको समाजबादको सान्दर्भीकता अझै बढ्दै गएको बताएका थिए ।