राजनीति

विपीले खर्च घटाउन प्रधानमन्त्रीको तलवसम्म घटाएका थिए तर अहिले तलवले नपुगेर भ्रष्टाचार गर्छन्ः गुरुङ

६ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले विपी कोईरालाको स्मृति दिवशलाई सम्झँदै उनले तत्कालीन मन्त्रीहरुको तलव भत्ता घटाएको भन्दै अहिलेका पछिल्ला पुष्ताका राजनीतिक नेतृत्वहरुलाई व्यंग्य गरेका छन् ।

आज परेको विपीको स्मृति दिवशमा भनेका छन्, ‘२०१६सालमा विपी प्र.म.हुँदा हामी गरीब जनताका प्रतिनिधि हौं त्यसैले धेरै तलबभत्ता खानु हुँदैन भनेर प्रधानमन्त्रीको तलब २५ सय बाट १५ सय र मन्त्रीहरुको तलब १५ सय बाट एक हजारमा झार्नु भएको थियो।’ नेता गुरुगंले थपेका छन्, ‘अहिलेका नेताहरुलाई तलबभत्ताले नपुगेर भ्रष्टाचार गर्छन्।’ काँग्रेस पार्टी र भातृसंस्थाहरुले देशभर आज विपी स्मृति दिवशका अवशरमा बिभिन्न कार्यक्रम गरेर मनाउँदैछन् ।

नेता गुरुङको ट्वीट: ३८ औं विपी स्मृती दिवशमा विपीलाई संझिदाः २०१६सालमा विपी प्र.म.हुँदा हामी गरीब जनताका प्रतिनिधि हौं त्यसैले धेरै तलबभत्ता खानु हुँदैन भनेर प्र.म.को तलब २५०० बाट १५०० र मन्त्रीहरुको तलब १५०० बाट १००० मा झार्नु भएको थियो। अहिलेका नेताहरुलाई तलबभत्ताले नपुगेर भ्रष्टाचार गर्छन्।