बाग्मती

मध्यरातमा गएको पहिरोले पुरिएर धादिङमा एकै परिवारका तीनको मृत्यु

६ साउन काठमाडौं । मध्यरातमा गएको पहिरोले पुरिएर धादिङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपी रुपराज खड्काका अनुसार पहिरोले पुरिएर तिन जनाको मृत्यु भएको हो ।

मृत्यु हनेमा त्रिपुरा सुन्दरि गाउँपालीका ६ गोलङका २५ वर्षका मिलन खाँड उनकी श्रिमती २२ वर्षीया सम्झना र छोरी अन्दाजि २ वर्षीया अञ्जिता खाँड रहेका छन् ।

पहिरोले खाँडको एक घर बगाएको र सोहि स्थानका अन्य पाँच घर उच्च जोखिममा रहेको जानकारी दिईएको छ ।