खेलकुद

आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट अर्काे वर्ष

एजेन्सी । अष्ट्रेलियामा यस वर्ष तय भएको आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट एक वर्ष सरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार टी-ट्वान्टी विश्वकप एक वर्ष पछि सरेको जनाएको छ ।

कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै विश्वकप सारिएको आईसीसीले जनाएको छ । अब टी-ट्वान्टी विश्वकप सन् २०२१ को अक्टोबर देखि नोभेम्बरसम्म हुनेछ । फाइनल खेल नोभेम्बर १४ मा हुने बताईएको छ ।

आईसीसीले सन् २०२२ मा आयोजना हुने टी-ट्वान्टी विश्वकप समेत अक्टोबर देखि नोभेम्बरसम्म हुने जनाएको छ । त्यस संस्करणको विश्वकपको फाइनल १३ नोभेम्बरमा हुने जनाएको छ ।

त्यस्तै सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप अक्टोबर देखि नोभेम्बरसम्म हुने आईसीसीले जनाएको छ । फाइनल खेल २६ नोभेम्बरमा हुने बताईएको छ ।