अन्तर्राष्ट्रिय

साउदी अरबका राजा सलमान अस्पताल भर्ना

५ साउन, दुबई । साउदी अरबका राजा सलमान स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका छन् ।

उनलाई राजधानी रियादस्थित किङ्ग फैसल विशेषज्ञ अस्पताल भर्ना गरिएको साउदी दरबारले सोमबार जनाएको छ ।

दरबारले जारी गरेको वक्तव्यका आधारमा साउदी प्रेस एजेन्सीद्वारा सम्प्रेषित समाचार अनुसार ८४ बर्षीय राजालाई पित्तासय सुनिएकोले परीक्षणका लागि अस्पताल भर्ना गरिएको उल्लेख गरिएको छ ।

कोरोनाको त्रासका कारण साउदी राजा सलमान केही समयदेखि सार्वजनिक भएका थिएनन् ।

उनी सन् २०१५ को जनवरीदेखि राज्यशक्तिमा छन् । उनी आफ्नो पुस्ताको अन्तिम राजा छन् ।

राजा सलमानको ३४ बर्षीय छोरा राजकुमार मोहम्मद बिन सलमान हुन् । उनलाई नै भावी राजा मानिएको छ । उनमा राम्रो नेतृत्व क्षमता रहेको छ । राजा सलमानकै सहयोग र समर्थनमा उनलाई हालै मात्र राजधानीमा सारिएको छ ।