राजनीति

विद्या भण्डारी ज्यु नेकपाको संरक्षकको भुमिकामा रमाईदिंदा राष्ट्रपति पदकै अपमानः नेता गुरुङ

५ असार काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गरुङले विद्यादेवी भण्डारी नेकपाको संरक्षकको भुमिकामा रमाईदिंदा राष्ट्रपति पदकै अपमान भएको टिप्पणी गरेका छन् ।

पछिल्लो समय नेकपामा जारी विवादमा राष्ट्रपती भण्डारीको सक्रीयता बढेको प्रति ईंगित गर्दै नेता गुरुङले यस्तो टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले राष्ट्रपति ३ करोड नेपालीको शान होस भन्ने सबैको चाहना भएको भन्दै राष्ट्रपति पदको अपमान होस् भन्ने चाहना कसैको नभएको बताएका छन् ।

तर राष्ट्रपती नेकपा पार्टीको संरक्षकको भुमिकामा रमाईदिंदा राष्ट्रपति पदकै अपमान भइरहेको बताएका हुन् । उनले राष्ट्रपतीले आफु देशकै अभिभावक हो भन्ने हेक्का राख्नु जरुरी रहेकोमा जोड दिएका छन् ।

उनको ट्वीटः हामी चाहन्छौं, राष्ट्रपति ३ करोड नेपालीको शान होस् । हामी चाहन्नौं,राष्ट्रपति पदको अपमान होस् । तर महामहिम @PresidentofNP ज्यु, नेकपा पार्टीको संरक्षकको भुमिकामा रमाईदिंदा राष्ट्रपति पदकै अपमान भइरहेको छ । महामहिम राष्ट्रपतिज्युले आफु देशकै अभिभावक हो भन्ने हेक्का राखि दिनु पर्यो ।