पु.समाचार

के बारा र पर्सामा समुदायस्तर मै फैलिएको हो कोरोना ? वडाध्यक्ष सहित ५० जना संक्रमीत

५ साउन काठमाडौं । सरकारले कोरोना संक्रमण कम भएको दाबी गर्दै यातायातदेखी हरेक क्षेत्रमा लुज गर्दै जाँदा बारा र पर्साम भने समुदाय स्तरमा नै कोरोना देखिएको छ । आज बारा र पर्सामा एक वडाध्यक्ष सहित बाराका ४६ र पर्साका ४ गरी ५० जना स्थानीय वासिन्दामा कोरोना संक्रमण देखिएको छ ।

विरगंजस्थित नारायणी उपक्षेत्रिय अस्पतालको ल्यावमा गरिएको स्वाव परिक्षणको रिपोर्ट आज आएको र जसमा ५० जनाको पोजेटिभ रिपोर्ट आएको छ । आज आएको रिपोर्टमा कर्मचारी र जनप्रतिनिधिमा कोरोना पोजेटिभ पाईएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले जानकारी गराएका छन् ।

आज संक्रमण पुष्टि हुनेहरुमा देवताल गाउँपालिकाका ३४, कलैया उपमहानगरपालिकाका तीन, सुवर्ण गाउँपालिकाका तीन र सर्लाहीको धनकौल घर भई बारामा कार्यरत ६ गरि ४६ जनामा कोरोना पोजेटिभ रहेको प्रमुख जिल्ला अधिकारी पंडितले जानकारी गराएका छन् । वडाध्यक्ष सहित पर्साका चार जना भने होटल कुमु प्यालेसको क्वारेन्टाइनमा बसेका थिए । बाराका ४६ जना देवताल गाउँपालिकाको क्वारेन्टाइनका हुन् ।

संक्रमित मध्ये देवताल गाउँपालिकाका वडाध्यक्ष, स्वास्थ्यकर्मी र अन्य कर्मचारी समेत रहेका जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।  यकातिर सरकारले कोरोना नेपालमा निर्मुल हुँदै गएको दाबी गर्दा समुदायमै संक्रमीत देखिन थालेपछि झनै खतरा वढेकाले थप सतर्कता अपनाउन जरुरी देखिएको छ । सरकारले भने कोरोना निको हुँदै गएको भनेर सार्वजनिक यातायात समेत सञ्जचलन गर्न थालेको छ ।