पु.समाचार

काठमाडौं उपत्यकामै गयो पहिरोः एक युवकको मृत्यु

५ साउन काठमाडौं । मुलुकैभरी मनसुन सुरु भएसंगै विभिन्न स्थानमा वार्ढी, पहिरो तथा ढुवानका कारण कयौं व्यक्तिको मृत्यु भईरहेको छ ।

यसैक्रममा काठमाडौं उपत्यकामै पहिरो जाँदा एक युवकको मृत्यु भएको छ । काठमाडौंको कागेश्वरी मनोहरामा गएराति गएको पहिरोमा परि एक युवकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार पहिरोमा परि २२ वर्षका नवराज गुरुङको मृत्यु भएको छ । मृतकको शव पोसर्टमार्टका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।