उर्जा

विदेशी विजुलीआयात गर्नुको सट्टा देशकै मर्मत संभार गरी चलाउन जरुरीः डा महत

५ साउन काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा रामसरण महतले विदेशी विजुली आयात गर्नुको सट्टा देशकै बिजुली मर्मत संभार गरी चलाउन जरुरी रहेकोमा जोड दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त डा महतले देस भित्र उत्पादित बिद्यूत पनि कतिपय स्थानमा प्रसारण लाइन कमिकमजोरीका कारण खेर गै पूर्णमात्रामा उपयोग हुन नसकी आयात बढ्न बाध्य भएको भन्दै सरकारले त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताएका छन् ।

साथै उनले प्रशारण लाइनको मरम्मत संभारका साथै आयोजना समयमा संपन्न गर्नेतर्फ थप ध्यान जानु जरूरी रहेको बताएका छन् ।

उनको ट्वीटः देस भित्र उत्पादित बिद्यूत पनि कतिपय स्थानमा प्रसारण लाइन कमिकमजोरीका कारण खेर गै पूर्णमात्रामा उपयोग हुन नसकी आयात बढ्न बाध्य । प्रशारण लाइनको मरम्मत संभारका साथै आयोजना समयमा संपन्न गर्नेतर्फ थप ध्यान जानु जरूरी  !