आर्थिक

हिमालयन बैंकले २७० स्वयंसेवक शिक्षकका लागि पाँच लाखका दरले सहयोग

४ साउन, काठमाडौं । हिमालयन बैंकले २७० स्वयंसेवक शिक्षकका लागि रु पाँच लाखका दरले सहयोग उपलब्ध गराएको छ । 

बैंकले ‘टिच फर नेपाल’लाई ग्रामीण क्षेत्रका समुदायिक/सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विभिन्न विषयको गुणस्तरीय शिक्षा प्रदान गर्न परिचालित स्वयंसेवक शिक्षकको व्यवस्था गर्न आर्थिक सहायता प्रदान गरेको जनाएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सिलसिलामा बैंकले सो संस्थालाई उक्त सहायता रकम प्रदान गरेको हो । टिच फर नेपाल संस्थाले हालसम्म विभिन्न सात जिल्लाका ६७ वटा विद्यालयमा २७० जना स्वयंसेवक शिक्षकको व्यवस्था गरी ३० हजार बढी विद्यार्थीलाई विज्ञान, गणित, अङ्ग्रेजीलगायतका विषय पढाइरहेकोे छ ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले बैंकका उच्चपदस्थका कर्मचारीको उपस्थितिमा उक्त सहयोग रकम टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठलाई हस्तान्तरण गरे ।