आर्थिक

चेम्बरले ग¥यो मौद्रिक नीतिको स्वागत

४ साउन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीति सकारात्मक रहेको ठहर गर्दै व्यावहारिक कार्यान्वयनका लागि आग्रह गरेको छ । चेम्बरले आज एक विज्ञप्ति प्रकाशित गरी मौद्रिक नीतिले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरण गर्दै नयाँ अवसर सिर्जनाका लागि केन्द्रित भएको भन्दै खुशी व्यक्त गरेको छ ।

मौद्रिक नीति तयारीका क्रममा चेम्बरले दिइएका सुझावमध्ये करिब ७५ प्रतिशतभन्दा बढीको सम्बोधन गरिएको र विश्वव्यापी महामारीले उत्पन्न आर्थिक सङ्कटका बीच व्यवसायीबाट निकै अपेक्षा गरिएको नीतिबाट राहत प्राप्त गर्ने कुरामा आफूहरु विश्वस्त रहेकोे जनाएको छ । कोरोनाका कारण करिब तीन महिनादेखि सम्पूर्ण आर्थिक गतिविधि लकडाउन भएको अवस्थामा उद्योग व्यवसायका स्थायी खर्चका लागि तरलताको चरम अभाव सिर्जना भएको अवस्थामा चैत महिनाको चालू पूँजीमा २० प्रतिशत थप कर्जा प्रवाह गरिने व्यवस्थाले व्यवसायीलाई राहत पुगेको चेम्बरको ठहर छ ।