बाग्मती

काठमाडौँमा खानेपानी धारा मिटरको अङ्क ग्राहक आफैँले टिपाउन सक्ने

४ साउन, काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले कोभिड–१९ को जोखमलाई न्यूनीकरण गर्न कम्पनीका ग्राहकलाई आफैँले खानेपानी धाराको मिटरको अङ्क अनलाइनमार्फत टिपाउन सकिने व्यवस्था गरेको छ ।

ग्राहकले टिपाएको अङ्क मिटर रिडरबाट छड्के निरीक्षण (क्रस चेक) हुने पनि लिमिटेडले जनाएको छ ।

ग्राहक आफैँले कम्पनीको वेबसाइट काठमाडौँ वाटर डट वोआरजीमार्फत अङ्क टिपाउन सक्ने लिमिटेडले सूचनामार्फत जनाएको छ । कम्पनीका ग्राहकले वेबसाइटमा खोली सेल्फ मिटर रिडिङमा क्लिक गरी चढेको अङ्क देखिने गरी खिचिएको मिटरको फोटो अपलोड गर्न सकिने जनाइएको छ ।

कम्पनीका कर्मचारी र ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखी यस्तो व्यवस्था गरिएको लिमिटेडले जनाएको छ ।