पु.समाचार

प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच बैठक

४ साउन, काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दहाल पार्टीभित्रका बिबादलाई मिलाउन झण्डै तीन घण्टादेखी प्रधानमन्त्री निवास बालुवाटारमा रहेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न गएका दहाललले आज बिहान अर्का बरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेर आफ्नो निवास खुमल्टारमा छलफल गरेका थिए । आजको छलफलमा शनिबार प्रधानमन्त्रीले मंशिरमा महाधिवेशन गर्न राखेको प्रस्तावका बिषयमा छलफल भएको र उक्त प्रस्ताव बरिष्ठ नेता माधव कुमार नेपालले ठाडै अश्विकार गरेको समाचार आएको थियो ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिन माग गरेका अध्यक्ष दहाललगायतका समूहका नेताहरुलाई नेकपा अध्यक्ष तथजा प्रधानमन्त्री ओलीले ठाडै अश्वीकार गरेका छन् । आजको दुई अध्यक्षबीचको लामो बैठकमा पनि सहमती हुने छाँटकाँट देखिएके छैन । लामो छलफलबाट निस्किएको निष्कर्ष अध्यक्ष दहालले आफ्नो समूहसँग छलफल गरेरमात्र निर्णय गर्नुपर्ने देखिन्छ भने ओली आफ्नो समूहको निर्णय आफैंले निर्णय गर्ने हैशियत राख्दछन् ।

दुबै पक्ष आ–आफ्नै अडानमा रहेका कारण सहमती हुने सम्भावना भनेको न्यून रहेको बिश्लेशकहरुले बताएका छन् ।