पु.समाचार

कोरोनाबाट निको हुने ११ हजार ६९५ जना, जम्मा संक्रमित १७ हजार ६५८

४ साउन, काठमाडौं । आज १५६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । मन्त्रालयमा आयोजीत नियमीत प्रेश ब्रिफिङमा आजबाट नेपालमा संक्रमितको संख्या १७ हजार ६५८ जना संक्रमित पुगेको छ ।

तीन हजार ७४१ जनामा गरिएको कोरोना भाईरस परीक्षणमा उक्त पुष्टी भएको हो । आज ४८ जना कोरोना मुक्त भई डिस्चार्ज भएके पनि मन्त्रालयले बताएको छ । आजसम्म जम्मा निको हुनेको संख्या ११ हजार ६९५ रहेको छ ।