राजनीति

अतिक्रमित भूमि फिर्ता गर्न वीपीको जस्तै कुशल कुटनीति जरुरी, उट्पट्याङ अभिव्यक्ति होईनः नेता गुरुङ

४ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले उट्पट्याङ अभिव्यक्ति कुशल कुटन‌ीति नभएके बताएका छन् ।

उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्दै नक्सा समेत पास गरिसकेको अवस्थामा नेपाल सरकारले भारतसँग वार्ताका लागि प्रयास गर्दा पनि भारतले नमानेको भन्ने समाचारलाई जोड्दै उक्त टिप्पणी गरेका हुन् ।

नेता गुरुङले वीपी प्रधानमन्त्री हुँदा चीनसँग असल मित्रताको जगमा कुशल कुटनैतिक क्षमताद्वारा सगरमाथा बिवाद टुंग्याउँदै सगरमाथा नेपालकै बनाउन सफल भएको स्मरण गर्दै उट्पट्याङ तरिकाले नभई कुटनीतिक रुपमा भारतसँग वार्ता गर्न सक्दा भारतले मिचेका नेपाली भूमि फिर्ता गर्न सकिने संकेत गरेका छन् ।

नेता गुरुङको स्टाटस्: सिमा बिवाद संदर्भमा वार्ताका लागि नेपाल सरकारले गरेको अनुरोधलाई भारत सरकारले नटेरेको समाचार आएछ। ज्ञात रहोस्, वीपी प्रधानमन्त्रीहुँदा चीनसँग असल मित्रताको जगमा कुशल कुटनैतिक क्षमताद्वारा सगरमाथा बिवाद टुंग्याउँदै सगरमाथा नेपालकै बनाउन सफल भएका थिए। उट्पट्याङ अभिव्यक्ति कुशल कुटन‌ीति होइन।