विचार/ब्लग

ताण्डव नृत्य रोक्न नसके, ओलीले राजीनामा दिनुको बिकल्प छैन

बाबुराम आचार्य /बिश्वब्यापी महामारीको रुपमा देखिएको कोरोना भाईरसको महामारीका कारण नेपालमा चैत्र ११ गतेदेखी लकडाउन शुरु भयो । लकडाउन शुरु गर्नु नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको इच्छा नभएर बाध्यता थियो भन्ने ध्रुवसत्य हो । महामारीका कारण ४० जना नेपालीको निधन भईसकेको छ भने हालसम्म १७ हजार ५०२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमण पुष्टी घट्दैछ, परीक्षण दरपनि घट्दैछ भने निको भएर डिष्चार्ज हुने पनि दैनिक सख्या बढ्दैछ । कोरोना महामारीका कारण मुलुक र जनताले पाएका दुःखद कुराहरु र सरकारी व्यवस्थापनको बिषयमा तीन करोड नेपाली जनता लगभग जानकार नै हुनुपर्छ ।

बाँकी रह्यो नेपाली राजनीतिमा कोरोना महामारी भन्दा बढी डेन्जर रोगको रुपमा देखिएको कोरोना नेकपा बिबाद भएको छ । नेकपामा काँही नभएको जात्रा हाँडिगाउँमा भनेजस्तै दुईजना अध्यक्ष भएर नेकपा एमाले र माओबादी केन्द्रको एकीकरण भयो । दुबै पार्टीका अध्यक्ष नयाँ पार्टीको अध्यक्ष रहने, महाधिवेशनपछि एक अध्यक्ष निर्बाचित हुने, सरकारको नेतृत्व पालैपालो दुई अध्यक्षले गर्ने सहमती भएको कुरा सञ्चारमाद्यममा बाहिरियो । त्यहीअनुसार प्रथम अध्यक्ष केपी शर्मा दुईतिहाई मतको सरकारका शक्तीसाली प्रधानमन्त्री बने ।

नेपालको प्रधानमन्त्रीका रुपमा दोस्रा र संसदीय व्यवस्थामा दुईतिहाईका भनेपछि शक्तीसाली रुपमा उदाएका प्रधानमन्त्री ओली दैनिक रुपमा सरकारले काण्डहरु मच्चाउन थालेपछि जनमानसमा आलोचित हुँदै गए। उनको आलोचना वाईडबडी भ्रष्टाचार, नेकपा महासचिव बिष्णु पौडेलको वालुवाटार जग्गा काण्ड, गुठी बिधेयक, संचामर माद्यमलाई अंकुश लगाउने षढ्यन्त्र लगायत दर्जनभन्दा बढी चर्चित काण्डहरुका कारण काण्डै काण्डको सरकारको नेतृत्वकर्ताका कारण उनी आलोचनाको शीखरमा पुगे । अर्को सरकारका शक्तीसाली मन्त्री एबम् प्रधानमन्त्री केपी शर्मा ओलीका सबैभन्दा नजिकका नेता एबम् साँसद गोकुल प्रसाद बास्कोटाको ७० करोको कमिशन काण्डले केही समय नेपाली राजनीतिमा नेकपा सरकार, प्रधानमन्त्री ओलीको बिरोधमा मिडियाले राम्रै स्थान पाए । पछि संचार मन्त्रीबाट बास्कोटाले राजीनामा दिएपछि उक्त बिषय केही मत्थर भएको थियो । त्यसपछि ओम्नी ग्रुपलाई स्वास्थ्य सामाग्री खरीदमा बिना टेण्डर चीनबाट ल्याउन अनुमति दिएको भन्दै स्वास्थ्य मन्त्रालयतिर प्रधानमन्त्री ओली नेतृत्वको काण्डको आलोचना सर्यो । एकसमय त स्वास्थ्य मन्त्री भानुभक्त ढकालले राजीनामा दिने हुन् कि भन्ने सम्मको बिबाद भएको थियो तर त्यो पनि कोरोना भाईरसका संक्रमितहरु दैनिक रुपमा बढेपछि मत्थर भयो, बिषय भने अहिलेपनि चर्चाको रुपमा देखिन छाडेको छैन । नेपाली सेनालाई उक्त सामाग्री ल्याउन सरकारले अनुमति दिएपनि पछिल्लो समय सेनाले उक्त कार्यबाट हात झिकेको छ ।

प्रधानमन्त्रीले उद्घाटन गरेको रेल कार्यालय भोलीपल्टै बन्द भएका काण्ड पनि सामान्य नै देखिए । उनले राम र अयोध्याका बिषयमा बोलेका टिप्पणीको भारतमा समेत चर्चा हुन थालेको छ । प्रधानमन्त्री ओलीले भारतले मिचेका भू–भाग कालापानी, लिपुलेक र लिम्पीयाधुरालाई नेपालको नक्सामा पार्न गरेको नृतृत्वदायी भूमिकालाई भने सम्मान नगर्दा वीर पुर्खाहरुको रगतले सराप्ला तर नक्सामा नेपाल तर भारतीय सेनाले उक्त भूमि कब्जा गरेको अवस्थालाई कसरी मूल्याकंन गर्ने हो त्यो जिल्ला पनि नेकपाका ईमान्दार कार्यकर्ता, बुद्धिजीवी तथा स्वातन्त्र नागरिक लगायतलाई दिँदा पनि हुन्छ ।

यी भए प्रधानमन्त्री ओलीका तीन बर्ष जतिको कार्याकालका मुख्य गतिबिधिका अँशहरु देश र जनताप्रतिका । अब कुरा गरौं नेकपाभित्रका प्रधानमन्त्री ओलीका गतिबिधिका बारेमा । नेकपा एमाले र माओबादी केन्द्र मिलेर नेकपा बनेको थियो । एमालेमा नै केपी शर्मा ओली र माधव कुमार नेपाल अनि बत्रामदेब गौतम र झलनाथ खनालका चार स्पष्ट गुट थिए । माओबादी केन्द्रमा पनि अध्यक्ष पुष्पकमल दहाल, रामबहादुर थापा अनि नारायणकाजी श्रेष्ठका स्पष्ट गुट थिए । चार वटा समूहको एकीकृत पार्टी नेकपा एमाले थियो भने कम्तीमा तीन वटा समूहको एकीकृत पार्टी माओबादी केन्द्र थियो । यी सबै समूहहरु मिलेर नेकपा नामको शक्तीसाली पार्टी बन्यो । ६५ प्रतिशतको हाराहारीमा रहेका कम्युनिष्टमा आस्था राख्ने नेपाली जनतालाई समेट्ने उद्येश्यअनुरुप शुरु गरिएको भनिएको कम्युनिष्ट एकतामा पछिल्लो समय माथिल्लो स्तरका नेताहरुको पद लोलुपताका कारण धमिलिएको छ । यति पद लोलुपता कि नेकपाका प्रथम अधयक्ष केपी शर्मा ओली अध्यक्ष र प्रधानमन्त्री कुनै हालतमा नछाड्ने अनि अर्का अध्यक्ष पुष्प कमल दहाल, बरिष्ठ नेता माधव कुमार नेपाल लगायतका नेताहरु कुनै हालतमा दुबै पदबाट ओलीलाई राजीनामा दिन बाध्य बनाउने रणनीतिमा ।

प्रधानमन्त्री बनजाउनु अगाडी कुन प्रकारको सहमती भएको थियो नेकपामा उनीहरु नै जानुन् । विचरा सर्बहाराको नेतृत् वगर्ने भन्दै गाँउमा प्रशिक्षण दिएका कम्युनिष्ट नेता कार्यकर्ता अनि कम्युनिष्टलाई बिस्वास गर्ने आम नेपालीहरु, अनि कम्युनिष्ट पार्टी मिलेको देख्न चाहने बाम बिचारका बुद्धिजिवीहरुले के सोचेका होलान् नेकपा नेतृत्वको बारोमा ?

दैनिक जसो दुई अध्यक्षको बैठक, कहिले प्रचण्ड गुटको बैठक, कहिले आली गुटको अनि कहिले माधव नेपाल गुटको बैठक बसिरहेको छ । कहिले घनश्याम भुषाल लगायतका नेताको उपगुटको बैठक तर हातमा लाग्यो शुन्य, कुरा उही छ, कुनै हालतमा केपी ओलीले दुर्ब पदबाट राजीनामा दिनुपर्छ । अनि अध्यक्ष ओलीको उत्तर मलाई भारतले हटाउन लाग्यो, म हटे बिस्तारबादले जित्छ, दुबै पदबाट राजीनामा दिँदै दिन्न । फेरि स्थायी समितिको बैठक बस्ने टुंगो लाग्छ, अनि फेरि स्थगीत हुन्छ, फेरि सचिवालय बैठक बस्ने भनिन्छ फेरि सर्छ वा प्रधानमन्त्री उपस्थित हँदैनन् ।

कहिले नेकपा एमाले नामको पार्टी निर्बाचन आयोगमा दर्ता हुन्छ । पार्टी फुट् लागेको देखिए पनि फुट्दैन, अनि चीनीया राजदूत नेताहरुको घर घरमा गएर राजनीतिका सकृयता देखाउछिन् । के हो यस्तो तान्डव नृत्य, नेकपा नेताहरुको ? पत्रकारहरु पनि समाचार लेख्दा लेख्दा वाक्क भईसकेको हुनुपर्छ । जहिले एउटै कुरा कहिले बैठक बस्ने, अनि सर्ने, फेरि बस्ने अनि फेरि सर्ने, बसेपनि प्रधानमन्त्रीको राजीनामा मागिने, उनले दबै पदबाट नछाड्ने अडान, यो कोरोना महामारीका कारण शुरु भएको लकडाउन शुरु भएदेखी नै लगभग सधैं दिनचर्या नै देखिएको छ । नेकपा बिबाद यति माथी देखिएको छ कि एमाले फुटेर कुनै बेला माले हुँदा पनि यतिको बिबाद सतहमा आएको थिएन । नेताहरुले मिडियामा खुलेआम एकअर्काको बिरोध गरिरहेका छन् । झलनाथ खनालले त केपी ओली प्रधानमन्त्रीको रुपमा पुरा पाँच बर्ष बसे नेकपा नै आउँदो चुनावमा समाप्त हुने अभिब्यक्ती दिएका छन् । वडास्तरसम्म नेकपाको बिबाद चुलिएको छ, नेकपाका अध्यक्ष ओली र प्रचण्डले दुईजना बसेर मिलाउने भनिएपनि दुबैलाई प्रधानमन्त्री चाहिएका कारण उक्त विवाद तत्काल मिल्ने देखिन्न । के हो त समस्याको समाधान भन्ने कुरा नेकपाका ९ जना सचिवालय सदस्यले बसेर टुंग्याउनुपर्नेमा अध्यक्ष, सचिवालय, स्थायी समिति, हुंदै केन्द्रीय समितिसम्म जाने देखिएको छ । एमालेको ९ महिने शासनकालमा कमाएको जननताप्रतिको आस्था पछिल्लो समय देश र जनताको विकास त कुरै छाडिदिउँ पदका पछि लाग्नाले सकिन थालेको छ ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले देश विकासको एक प्रतिशत काम गरेनन्, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका कुनैपनि कुरा सुनेनन् त छँदैछ तर आफूलाई प्रधानमन्त्री बनाउन सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने अर्का अध्यक्ष पुष्पकमल दहाल, बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतमको कुरालाई पनि हात्ति आयो, हात्ति आयो फुस्सा बनाईदिए । त्यसलाई उनीहरुको आन्तरिक विवाद मनिदिउँ न त भन्दा, दैनिक उनीहरुको पदका लागि, अझ ब्यक्तीगत स्वार्थका लागि गरिएको झगडा देख्दा नेपाली राजनीति नै दुर्गन्ध हुनेगरी प्रधानमन्त्री ओलीको कृयाकलाप देखियो ।

सरकार स्थायी हुनुपर्छ, पुरा पाँच बर्षको कार्यकाल एकै व्यक्ती चलाउनुपर्छ भन्ने कुराको बिरोध गर्नु विकासबादी नागरिकको कर्तव्य हुनुपर्छ तर प्रधानमन्त्रीले काण्डैकाण्डको नेतृत्व गर्ने अनि मूकदर्शक भएर समर्थन गरिरहन चैं सकिदैन है । आफ्नै पार्टीका सहपाठी मित्रहरुले राजनीति नै दुर्गन्धीत हुनेगरी भएको बिरोधलाई समाधान गर्न बोलाएर बार्ता गर्न नसक्ने ? यो के हो ? फेरि अर्को कुरा बुद्धिजीवी बर्गले पनि भनिसके मिलाउनुस्, पुरा पाँच बर्ष कार्यकाल टिक्नुस्, सक्नुहुन्न, यस्तै बद्नाम भइरहने हो भने राजीनामा दिनुस्, आखिर कुनैपनि प्रधानमन्त्री छैनन् जो आजीवन पदमा बसिरहेका हुन्, बरु प्रधानमन्त्री ओली नै यस्ता ब्यक्ती हुन्, जो तीन बर्षको हाराहारीमा प्रधानमन्त्री भईसकेका छन्, कुरा सही नै हो । नत्र नेपालको प्रधानमन्त्रीको सरदर आयु भनेको एक बर्षको हाराहारीमा हो । राजनीतिक समस्याको समाधान गरेर महामारी नियान्त्रणतिर सरकारलाई केन्द्रीत गर्न नसक्ने हो भने तत्काल प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिनुको बिकल्प छैन ।