अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमणमा तिब्र बृद्धिः २४ घण्टामा देखिए ३४ हजार वढी संक्रमीत

३ साउन काठमाडौं । भारतमा कोरोना संक्रमणको गति तिब्र भएको छ । गत २४ घण्टामा मात्रै भारतमा ३४ हजार वढी संक्रमीत फेला परेका छन् ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्याङक अनुसार भारतमा २४ घण्टामा ३४ हजार ८ सय ८ सय ८४ जना नयाँ संक्रमीत थपिएका छन् । यो संगै भारतमा कोरोना संक्रमीत हुनेहरुको जम्मा संङ्ख्या १० लाख नाघेको छ । भारतमा कोरोना संक्रमीतको सङ्ख्या १० लाख ४० हजार ४ सय ५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै महाराष्ट्रमा ८ हजार ३ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै तमलिनाडुमा ४ हजार ५ सय ३८, कर्नाटकमा ३ हजार ६ सय ९३, आन्ध्र प्रदेशमा २ हजार ६ सय २ र दिल्लीमा एक हजार ४ सय ६२ जनामा कोरोना देखिएको छ ।

दैनिकजसो संक्रमीतको सङ्ख्या तिब्र गतिमा बढ्दै जाँदा झनै संन्त्रास फैलिएको छ । यस्तै गत २४ घण्टामा ६ सय ७१ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको सङ्ख्या २६ हजार २ सय ८५ पुगेको छ । यस्तै आजसम्म ६ लाख ५४ हजार संक्रमीत निको भएका छन् भने ८ हजार ९ सय ४४ को अवस्था गम्भीर रहेको जनाईएको छ ।